प्रचण्डलाई विरोध गर्दा पक्राउ परेका पूर्वमन्त्रीसहित मोर्चाका कार्यकर्ताहरु रिहा
Advertisment


सिरहा, ३० फागुन । सिरहा सदरमुकामस्थित २३ औं जिल्ला परिषदको उद्घाटन गर्न आएका एमाओवादी अध्यक्ष प्रचण्डको विरोध गर्ने क्रममा पक्राउ परेका मोर्चाका नेता तथा पूर्व विनाविभागिय मन्त्री राजलाल यादबसहितका ६ कार्यकर्तालाई प्रहरीले रिहा गरेका छन् ।
परिषद्को कार्यक्रम सम्पन्न भएर अध्यक्ष प्रचण्ड गइसकेपछि उनीहरुलाई प्रहरीले रिहा गरेका हुन् । प्रचण्डमाथि कुर्सी प्रहार गर्न खोज्दा संघीय समाजवादी फोरम नेपालका जिल्ला सचिव प्रयाग यादब, नेताहरु नविन यादब, कप्लेश्वर यादब लगायतलाई केहिबेर अघि रिहा गरेको हो ।
अध्यक्ष प्रचण्ड मधेस विरोधी भएको भन्दै कार्यक्रममा मोर्चाका नेता तथा कार्यकर्ताहरु विरोध गरेका थिए । विरोधका कारण केहिबेर कार्यक्रम स्थगित भएको थियो । विरोध गरिरहेका मोर्चाका नेता तथा कार्यकर्ताहरुलाई पक्राउ गरेर लगेपछि फेरी कार्यक्रम सुरु भएको थियो ।
सिरहा क्षेत्र नम्बर ५ बाट निर्वाचित सभासद समेत रहेका अध्यक्ष प्रचण्ड संविधा जारी हुनुभन्दा अगाडी सुझाव संकलनका लागि मिर्चैया आउँदा पनि व्यापक विरोध भएको थियो । त्यसपछि आज पहिलोपटक मात्र सिरहा आए । तर आज पनि व्यापक विरोध भएपछि उनी आफै काठमाडौं तर्फ लागेका छन् ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्