मधेशको मुद्धा वारे चिनिया राजदुतलाई ध्यानाकर्षण ।
Advertisment



प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चिन भ्रमणको पुर्व सन्धयामा आन्दोलनरत मधेशी मोर्चा सहितको संघिय गठवन्धनले आज नेपालका लागी चिनिया राजदुतलाइ मधेशी जनजातीहरुको मुद्धाको वारेमा ध्यानाकर्षण गराएका छन । प्रधानमन्त्री ओली आउदो ७ गते चिन भ्रमणमा जादै छन । आन्दोलन मोर्चा र गठवन्धनले ओली नेतृत्वको सरकारले जारी आन्दोलनको माग सम्बोधन नगरेको र आन्दोलनको क्रममा मधेशमा व्यापक रुपमा मानव अधिकारको हनन गरिएको भन्दै आन्दोलनको पक्षमा मित्र राष्टको नाताले आवाज उठाइ दिन आग्रह गरिएको छ । दुई पेज लामो लिखित आफनो आग्रह पत्र बुझाउदै मोर्चाले चिनिया राजदुत मार्फत चिन सरकारलाई यसको वारेमा ध्यानाकर्षण गराएको जनाएको छ ।
मोर्चाको ध्यानाकर्षण बुझदै शुक्रवार विहान एउटा होटलमा झण्डै अढाइ घण्टा यी नेताहरु संग विताएको चिनिया राजदुतले आन्दोलनरत पक्षको कुरालाई आफुले चिन सरकार समकक्ष पुर्याउने आश्वासन दिएका थिए । चिनिया राजदुतलाई ध्यानाकर्षण बुझाउन गएका मध्ये एक मोर्चाका नेता तथा फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादवका अनुसार चिनिया राजदुतले आफुहरु नेपालमा राजनितीक स्थायित्व होस र आर्थिक समृद्धिको वाटोमा नेपाल अघि वढोस भन्ने चाहना राखेको बताएका थिए । त्यससगै राजदुतले जारी मधेशको आन्दोलनको वारेमा त्याहा पुगेका मोर्चाका नेताहरु वाट जिज्ञासाहरु समेत राखेको यादवले बताए । उनका अनुसार मोर्चाका नेताहरुले नेपाल प्रमुख दलहरुले जारी गरेको नयां संविद्यान मधेशी जनजातीहरुको विरुद्धमा रहेको भन्दै छिमेकि भारत जस्तै यस मामलामा अडान राख्न आग्रह गरेका थिए । त्यसको जवाफमा राजदुतले भारत र चिन असल छिमेकि रहेको भन्दै नेपाल मामिलामा हामीहरु भारत र चिन लगभग एकै ठाउमा रहेको समेत बताएका थिए ।




त्यो संगै मोर्चाका नेताहरु प्रधानमन्त्री ओलीको आसन्न चिन भ्रमणको वेला कुनै दुगार्मी प्रभाव पार्ने खालका सम्झौताहरु नगर्न समेत चिनिया पक्षलाई आग्रह गरिएको थियो । नेता यादव भन्छन, ओली नेपालको सवै सिमान्तकृत समुदायको विरोधको तगारोमा छ, ओली र प्रमख दलहरुले ल्याएको संविद्यान नेपालको एउटा उच्च वर्गको जातले मात्रै स्विकार गरेका छन, त्यसैले हामीले कुनै पनि दुर्गामी सम्झौता गर्दा त्यसको स्थायित्व लाइ ख्याल गर्न आग्रह गर्यो । यादवका अनुसार चिनिया राजदुतले चिन सरकारको विदेशी निती र उनले आफना छिमेकिहरुमा गरीरहेको कामहरुको वारेमा समेत मोर्चाका नेताहरुलाई जानकारी गराएका थिए ।



ठाकुर र यादव दिल्ली वाट फर्के ।
पछिल्लो तीन दिन देखि काठमाडौ फर्कन लागी कुनै न कुनै झमेला व्योहोरिरहेका मोर्चाका दुइ शिर्ष नेताहरु शुक्रवार अन्नतह काठमाडौ फर्केका छन । गएको आइतवार दिल्लीमा आयोजना गरिएको एक अन्तक्रिया कार्यक्रममा सहभागी हुन त्यता गएका तमलोपा अध्यक्ष महन्थ ठाकुर र फोरम नेपालका अध्यक्ष उपेन्द्र शुक्रवार विहान साढे ११ वजे काठमाडौ उत्रिए । जादा खेरी मंगलवार नै फर्कने गरी गएको बताएको आन्दोलनरत मोर्चाका यी दुई शिर्ष नेताहरु त्याहा भएको केहि महत्वपुर्ण भेटघाटका कारण पुर्वघोषणा गरिएको मंगलवार फर्कने कार्यक्रम रद्ध गरेका थिए ।

बुधवार दिउसो देखि त्यही दिन रातीको फलाइटवाट काठमाडौ फर्कनका लागी टिकट बनाउन पठाएका उनीहरु त्यो दिनको टिकट नै नपाए पछि फर्कन सकेनन । त्यस पछि हिजो विहिवार नेपाल यएरलाइन्सको टिकट उनीहरु पाए । विहिवार एयरपोर्टमा आइपुग्दा त्याहा जहाजमा बम छ भन्ने हल्ला फैलिए पछि उनीहरु पुन दिल्लीमै अडकिए । त्यस पछि उक्त जहाज आज शुक्रवार विहान आउदा त्यही वाट ठाकुर र यादव काठमाडौ फर्किएका छन ।                 Source:Dalannepal

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्